नवलपुरमा गैंडाको आक्रमणबाट रेग्मी घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ २६, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २६ नवलपरासी । नवलपरासी ९ बर्दघाट–सुस्तापूर्वको मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट  घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करीब १०ः३० बजे गैँडाले आक्रमण गर्दा रेग्मी घाइते भएका हुन् । गैँडाको आक्रमणबाट रेग्मीको शरीरका विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको तामाङले बताए ।

घाइते रेग्मीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर पठाइएको तामाङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस