स्वास्थ्य वीमा बोर्डले कर्मचारीको लागि दरखास्त आव्हान

Post Thumbnail

माघ २७ काठमाडौं । स्वास्थ्य वीमा बोर्डले कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य वीमा बोर्ड टेकुले ९ जना कर्मचारीको दरखास्त आव्हान गरेको हो । मंगलबार बोर्डले करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

फार्मेसी अधिकृतको लागि एम फार्म उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म काम गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस