परराष्ट्रमन्त्री ज्ञवाली र एनआरएनएका अध्यक्ष पन्तबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २८, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गैरआवासीय नेपाली संघ एनआरएनए का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलको टोलीबीच भेटवार्ता भएको छ । भेटमा संघले गरिरहेको गतिविधिबारे छलफल भएको छ ।

भेटमा अध्यक्ष पन्तले संघले परराष्ट्र मन्त्रालयको अनुमति लिई सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मतिले संघको विधान तथा आव २०७४–७५ र २०७५–७६ को आर्थिक प्रतिवेदन अनुमोदन भएको जानकारी गराएका छन्। विशेष महाधिवेशनले विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गराइ आगामी दिनमा पनि एक ढिक्का भई अघि बढ्न थप प्रोत्साहित गरेको उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस