पाल्पामा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ २८, बुधबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

माघ २८ पाल्पा । पाल्पाको जलजला गाउँपालिका ४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारले आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस