अख्तियारले सत्य, तथ्यका आधारमा निस्पक्ष रुपमा काम गर्नुपर्ने: प्रधानमन्त्री केपी ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २८, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्ररुपमा काम गर्नुपर्ने बताउँदै सत्य, तथ्यका आधारमा निस्पक्ष रुपमा काम गर्नुपर्ने बताएका छन् ।

बुधबार ३० औँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारबाट भ्रष्ट अपराधी डराउने तर निर्दोष व्यक्ति खुशी हुने वातावरण बन्नुपर्ने बताए ।

सो अबसरमा प्रधानमन्त्री ओलीले आयोगले कुनैपनि व्यक्ति वा संस्थाको विरुद्ध काम कारबाही अघि बढाउँदा अदालतमा मुद्दा दायर गर्नुपूर्व नै सो व्यक्ति वा संस्थाको यर्थातता बुझ्नु पर्ने र खराब भए मात्र कारबाही प्रक्रिया अघि बढ्नु पर्ने बताए ।

‘अख्तियारबाट भ्रष्ट अपराधी डराउने हो, निर्दोष होइन । कसैले गलत गरेको छ भने उ मात्र कारबाहीको भागिदार हुन्छ । तर निर्दोष होइन । यस्तो अबस्थामा आयोग चनाखो हुन जरुरी छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि कुनै व्यक्तिको विरुद्ध मुद्दा दर्ता गर्दैगर्दा आयोगले अदालतमा मुद्दा दायर गर्नु पूर्व नै सोचोस् ।’

प्रधानमन्त्री ओलीले आयोगमा सरकारको कुनै खालको हस्तक्षेप नहुने प्रष्ट पारे । ‘आयोग निस्पक्ष रुपमा काम गर्न स्वतन्त्र छ । आयोगको कुनैपनि काम कारबाहीमा सरकारको कुनैपनि खालको हस्तक्षेप हुँदैन, गर्दैन पनि । सबै स्वायत्त निकायहरु स्वतन्त्र रुपमा काम गर्न स्वतन्त्र छन् । यो सरकारको नीति पनि हो ।

तर यी निकायहरु संविधान र कानुन प्रति जवाफदेही होस् । मुलुक र जनतालाई शिरमा राखेर काम गरुन्, यसमा सरकारको कुनै प्रकारको हस्तक्षप हुँन । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयागलाई विना डर, त्रास निर्धक्क भएर काम गर्न आग्रह गर्छु’ प्रधानमन्त्री ओली भने ।

पहिले पहिले आयोग भष्टाचार नियन्त्रण गर्नेतिर भन्दा स्वार्थपूर्ति गर्ने तर्फ लाग्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले अब त्यस्तो अवस्था समेत नरहेको बताए । नेपाल संयुक्त राष्ट्र संघको भ्रष्टाचार विरुद्धको प्रतिवद्ध राष्ट्रसमेत भएकाले नेपालको साख विश्व समुदायमा सधै उच्च राख्ने गरि समेत काम गर्न आयोगलाई आग्रह गरे ।

भ्रष्टाचार तथा अनियमितता जस्ता गलत प्रवृति नियन्त्रण गर्नकै लागि सरकारले नागरिक एपजस्ता प्रविधि अघि सारेको उनले समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस