आजको मौसम कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ २९, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २९, काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले हाल हाल देशभर मौसम सामान्यतया सफा रहेको र तराई तथा पहाडका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागिरहेको जनाएको छ ।

यसैगरी, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहने पूर्वानुमान छ । भने, बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमानले गरेको पूर्वानुमानका अनुसार भोलि दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस