नेपाल टेलिकमको नाफा घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ ३०, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ३० काठमाडौ । नेपाल टेलिकमको नाफामा दबाब परेको छ भने प्रतिसेयर आम्दानीमा घाटा लागेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि प्रथम त्रैमासको  (साउन देखि असोजसम्म) तुलनामा दोस्रो त्रैमासमा भने नाफा बढेको देखिन्छ । चालू आवको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ७७ लाख थियो ।

नाफासँगै टेलिकमको प्रतिशेयर आम्दानीमा धक्का लागेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ रुपैयाँ ८६ पैसा रहेको टेलिकमको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ रुपैयाँ ८६ पैसामा झरेको छ । टेलिकमको प्रतिशेयर नेटवर्थ ६ सय ३५ रुपैयाँ ८० पैसा छ भने मूल्य आम्दानी अनुपात २८.८० गुणा रहेको छ । १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ छ ।

कोरोनाको कारण टेलिकमको आम्दानीमा भारी गिरावट आएको कम्पनीले जनाएको छ । कोभिडका कारण निकै कम मूलयमा डाटा उपलब्ध गराउँनु, अन्तर्राष्ट्रिय यात्राको प्रतिबन्धका कारण अन्र्तराष्ट्रिय रोमिङ सेवामा गिरावट आउनु जस्ता कारणले आम्दानी घट्न पुगेको कम्पनीले भनेको छ ।

बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस