भागरथीको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ फागुन २, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन २ काठमाडौं । भागरथी भट्टको न्यायको माग गर्दै नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्याली तथा कोणसभा गरेको हो ।

कोणसभामा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए । नेपाल महिला सङ्घकी महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।

भागरथी भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खबरदारी गर्ने सङ्घका महामन्त्री दिपक भट्टराईले जानकारी दिए । पद्ममकन्या क्याम्पसबाट शुरु भएको विरोध र्याली पुतलीसडक घुमेर पुन पद्ममकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस