सोमबार सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन ३, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण ३, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ तोकिएको छ ।

साप्पाहिक तथा फागुन महिनाको पहिलो कारोबार दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको थियो । आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस