नेपालमा थप १ सय २२ जनामा कोरोना संक्रमण, निको हुनेको दर ९८.७ प्रतिशत !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ३, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण ३, काठमाण्डौ । नेपालमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा १२२ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । अहिलेसम्म कोरोना निको हुनेको दर ९८.७ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस