छ्याङ्दीको शेयर किन किन्दैछन् धमाधम ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन ३, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुण ३, काठमाडौ । नेपालको पुँजी बजारले पछिल्लो समय नयाँ–नयाँ रेकर्ड बनाउँदै गएको छ । प्राथमिक र दोस्रो बजार दुवैमा लगानीकर्ताको बाक्लो उपस्थिति हुन थालेको छ । दोस्रो बजारमा कारोबार रकमका साथै सूचकले नयाँ उचाई हासिल गरिरहेका बेला प्राथमिक बजारमा आवेदन दिने लगानीकर्ताको संख्याले पनि इतिहासमै उच्च देखिन थालेको छ । त्यतिमात्र नभई दैनिक हजारौंको संख्यामा डिम्याट खाता खोल्ने क्रमले पनि पुँजी बजारमा लगानीकर्ताको आकर्षण कति बढेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

तर के पुँजी बजारमा देखिएको आकर्षण जत्तिकै लगानकिर्तामा बजार सम्बन्धी चेतना विकास र साक्षर पनि छ त ? लगानीकर्ताको उपस्थितिमा भएको ह्वात्तै वृद्धिसँगै यो प्रश्न झन् महत्वपूर्ण बन्दै गएको छ । बजारका आधारभूत पक्षका बारेमा चेतना हुनु एउटा पाटो भयो भने पुँजी बजारसम्बन्धी प्रविधि प्रयोगको चेतना र साक्षरता अर्को महत्वपूर्ण पाटोको रुपमा देखा परेको छ ।

पुँजी बजार र यस सम्बन्धी प्रविधि प्रयोगमा लगानीकर्ता कत्ति साक्षर छन् अनि चेतनशील बनाउन सरोकारवाला निकायहरुले के–कस्तो भूमिका निर्वाह गर्दैछन् ? यो अहिले गम्भीर विषय बनेको छ । उदाहरण स्वरुपः भर्खरै आइपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबार सुरु भएको चन्द्रागिरी हिल्स (सीजीएच) र छ्याङदी हाइड्रोपावर (सीएचएल) को सेयर कारोबारमा लगानीकर्ताहरु परेको अलमललाई लिन सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस