कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध : ठेकेदार अधिकारी विरुद्ध सडकमा नारा ! (भिडियो सहित)

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ आश्विन १२, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ११,काठमाडौँ । बर्षौदेखी सडक अलपत्र पारेर प्रदुषण गराएको भन्दै कलंकी नागढुंगा सडक खण्ड आसपास बसोबास गर्ने स्थानियले सडक बन्द गराएका छन । शुक्रबार विहान ढुंगेअड्डामा स्थानिय भेला भएर सडकको निर्माणमा गैरजिम्मेवार भएको भन्दै स्थानिय आक्रोशित भएका थिए । स्थानियले सडक बन्द गरेर नै आन्दोलन गरेका छन । सडक अवरुद्धपछी सवारी आवातजावत हुन सकेको छौ ।

कलंकी–नागढुंगा सडक खण्डको जिम्मेवारी पाएका ठेकेदार शारदा अधिकारीले सडक निर्माणमा ध्यान नदिएको भन्दै स्थानियले उनी विरुद्ध नाराबाजी गरेका थिए । शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले उपत्यकामा बनाएका सबै सडक बेहाल स्थितीमा रहेको रिपोर्ट बाहिरिएपछि उनले केही आयोजनालाई सुस्त गतिमा अघि बढाईरहेका छन ।

कलंकी नागढुंगा सडक खण्डको अनुगमन गर्दै यातायात मन्त्री रघुबीर महासेठले यसअघि भदौ १२ गते सम्म सडक मर्मतमा सुधार नआए सरकारले ठेकेदार सँग गरेको सम्झौता तोड्ने बताएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस