प्युठानमा प्रधानमन्त्रीविरुद्ध अश्लील नारा लगाएको आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ४, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ४ काठमाडौं । प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील नारा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता तुनाराम खत्री र कार्यकर्ता सागर जिएम छन् ।

जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल्लका अनुसार दुई जनाले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि नियन्त्रणमा लिइएको थियो । ‘सोधपुछका लागि हो, सोमबारै छाडिसक्यौं’, मल्लले भने ।

हाल प्रकरणबारे ओली पक्षका नेता, कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच इलाका प्रहरी कार्यालय, ढिंग्रीमा छलफल भइरहेको छ ।

पक्राउ परेका विद्यार्थी नेता खत्री भने अश्लील गाली नगरिएको बताउँछन् । ‘स्वर्गद्वारी नगरपालिकाको-९ बाट प्रदर्शनमा सहभागी हुन सदरमुकाम आएका थियौं, फर्किने क्रममा गाली गलौज गरेको भन्दै उजुरी परेछ’, उनले भने ।

कांग्रेसले देशभर आन्दोलनको कार्यक्रम घोषणा गरे अनुरुप सोमबार सदरमुकाममा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन राखिएको थियो । कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाल, डा. गोविन्द पोखरेल लगायत सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस