जसपा भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेलमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ५, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण ५, काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी जसपा भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर, पार्टीभित्रकै मतभेदका कारण जसपा छुट्टै आन्दोलनका कार्यक्रम लिएर सडकमा छ । पार्टीभित्रकै मतभेदका कारण उसको आन्दोलन सशक्त बन्न सकिरहेको छैन । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव संयुक्त आन्दोलनकै पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ‘प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले निर्णय पर्खिनुपर्ने’ भन्दै निर्वाचनको पक्ष छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले संयुक्त आन्दोलन गर्नुपर्ने विषयमा जसपा नेतासँग छलफल गरेका थिए । यद्यपि, कांग्रेस र जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने ?’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष ओलीले गत ५ पुसमा संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध विभिन्न राजनीतिक दल आन्दोलित हुँदै आएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस