अनलाइनबाट पुनः श्रम स्वीकृति लिने बढे, डेढ महिनामा २५ सयले लिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ५, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण ५, काठमाडौ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागकाअनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट स्वीकृति लिने संख्या बढिरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिए । यही २०२१ जनवरी १ देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने सरकारले व्यावस्था गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस