सरकारको तीन वर्ष : हवाई पूर्वाधारमा उल्लेख्य प्रगती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ५, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुण ५, काठमाडौ । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो विमानस्थल निर्माण, विस्तार र स्तरोन्नतिका साथै भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणमा आशाजनक काम भएका छन् । कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का अनुसार छिटै सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थको भौतिक प्रगति ९८ दशमलव आठ प्रतिशत छ ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हाल ७० प्रतिशत भौतिक प्रगति छ । कोभिड महामारी नभइदिएको भए यी विमानस्थल यतिखेर सञ्चालनमा हुन्थे । पर्यटनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः पोखरा र भैरहवाको निर्माणलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको बताए । राष्ट्रिय समाचार समितिसँग संक्षिप्त कुराकानी गर्दै पर्यटनमन्त्री ढकालले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको प्राविधिक काम पनि छिटै सक्ने योजनाका साथ काम अघि बढेको जानकारी दिए । “कोभिड–१९ का कारण प्राविधिक जनशक्ति अभावले केही काम बाँकी छ, त्यो समस्या पनि छिट्टै समाधान हुने गरी काम अघि बढाएका छौँ”, पर्यटन मन्त्रीले भने ।

मन्त्री ढकालका अनुसार भएका विमानस्थलको व्यवस्थित र स्तरोन्नति गरिने छ । क्षेत्रीय विमानस्थलको विकास र स्तरोन्नतिका साथै अन्य विमानस्थलको स्तरोन्नति गर्ने कार्य शीघ्र अघि बढाइने छ । उहाँले अन्तर प्रदेश हवाई उडानका साथै अन्य बाह्य मुलुकसँगको हवाई सम्पर्क सञ्जाल विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए । पर्यटन मन्त्रीले पछिल्लोपटक इजरायलसँग सिधा हवाई उडान सञ्चालनबारे नेपालका लागि इजरायली राजदूतसँग छलफल गरेका थिए । हाल नेपालले विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौतामा हस्ताक्षर गरिसकेको छ । असहज परिस्थितिमा पनि हवाई पूर्वाधारले फड्को मारेको छ ।

क्यानका महानिर्देशक राजन पोखरेलले कोभिड महामारीले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामा केही असर परे पनि अहिले निर्माण कार्य पूर्ववत् अवस्थामा फर्किसकेको र पूर्वाधारका निर्माणको कामले गति लिएको बताए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा आन्तरिक विमानस्थलको व्यवस्थापन र सुदृढीकरणका लागि क्यानले योजनाबद्ध कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस