प्रचण्ड-नेपाल पक्षको चौथो चरणको आन्दोलन,टुँडिखेलमा भोलि मानव साङ्लो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ५, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण ५, काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धमा आजबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन शुरु भएको छ । चौथो चरणको आन्दोलनको कार्यक्रम अनुसार प्रचण्ड–नेपाल समुहले आज फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । संघर्ष समितिका सचिव डा। विजय पौडेलले प्रदर्शन र सभाको नेतृत्व जिल्लास्तरीय नेताहरुले गर्ने छन् ।

भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । सरकारबाट गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस