काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका संरचना हटायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ५, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन ५ काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बसपार्क क्षेत्रबाहेकका संरचना हटाइएको जानकारी दिइन् ।

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएका थिए । साथै त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा टहरा बनाएर बस्दै आएका थिए ।

दुवै भवन निर्माण सम्पन्न भइसके पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदारहरु हटाइएको थिएन । त्यसअघि अभियन्ताहरुले खुलामञ्चलाई खुल्ला राख्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम गर्दै आएका थिए ।

खुलामञ्चमा विगत सार्वजनिक सभा समारोह हुने गर्दथ्यो । तर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ध्यान नदिई सडकमा आमसभा गर्ने गरेको भन्दै सरकारको आलोचना भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस