भारतमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या ५० पुग्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन ५, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ५ काठमाडौँ । भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् र दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५–५ लाख भारु दिने घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस