आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा आयो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन १२, शुक्रबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १२,काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित एकिकृत सुपथ मूल्यको पसलको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरे ।

विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो ।

सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्यका पसल स्थापना गरिएको जानकारी दिएको छ ।

विभागका अनुसार आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस