गुल्मीमा जिप दुर्घटना, ३ को मृत्यु, आठ घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ फागुन ६, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुण ६, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१४ का ४७ वर्षीय एकराज पोख्रेल, २८ वर्षीया शान्ति नेपाली र २७ वर्षीया गोमा नेपाली रहेका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका–१४ रातामाटा पराल्मीतर्फ जाँदै गरेकोे लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ दुर्घटनामा परेको हो ।

एकराजको घटनास्थलमै मृत्यु भएको थियो भने शान्ति र गोमाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए । घटनामा परी अन्य आठ जना घाइते भएका छन् । जसमध्ये पराल्मीका २२ वर्षीय भरत पोख्रेल र ३७ वर्षीय वीरबहादुर सूर्यवंशी गम्भीर घाइते छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस