शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउन चिकित्सा शिक्षा आयोगको आह्वान

Post Thumbnail

फागुन ७ काठमाडौं । स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउन चिकित्सा शिक्षा आयोगले विज्ञहरुलाई विज्ञ सूची दर्ताका गर्न आग्रह गरेको छ ।

नेशनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम बनाउनका लागि विज्ञहरूलाई विज्ञ सूचीमा आबद्ध हुनका लागि आयोगले सूचना जारी गरेर आह्वान गरेको हो ।

यस्तै विज्ञहरूलाई फागुन २१ गतेभित्र निवेदन पेश गर्न आग्रह गरिएको छ । आयोगले आफ्नो योग्यता खुल्ने कागजात सहित इमेल मार्फत निवेदन पेश गर्न उपसचिव महेश्वर शर्माद्वारा जारी गरिएको सूचनामार्फत आह्वान गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस