भारतमा थप ११७ संक्रमितको मृत्यु, १४ हजार ५८७ जनामा संक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन ८, शनिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुण ८, काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार २४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार २४० पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १४ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ७६ हजार ७७६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ७५ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४४ हजार ६५४ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस