बिश्वमा कोरोना अबस्था : एकै दिन साढे १० हजार बढीको मृत्यु, मृतक २४ लाख ६२ हजार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ८, शनिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुण ८, काठमाडौ । विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १० हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । गत २४ घण्टामा विश्वभर १० हजार सात सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख ६२ हजार चार सय १८ पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार दुई सय १७ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख सात हजार पाँच सय ३५ पुगेको छ ।

भारतमा सोही अवधिमा एक सय १७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार दुई सय ४० पुगेको छ । गत २४ घण्टाको अवधिमा बेलायतमा पाँच सय ३३ संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ब्राजिलमा एक हजार तीन सय ४५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा स्पेनका तीन सय ९७, मेक्सिकोका एक हजार ४७, जर्मनीका पाँच सय ७१, रूसका चार सय ७०, दक्षिण अफ्रिकाका एक सय ५१, फ्रान्सका चार सय नौ तथा इटलीका तीन सय ४८ जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस