आज ओली समुहको विराटनगरमा आमसभा, प्रधानमन्त्री सम्बोधनमा जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ८, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण ८, काठमाडौ । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहले प्रदेश १ को राजधानी विराटनगरमा बृहत आमसभा गर्दैछ । सरकारको नेतृत्व गरिरहेको ओली पक्षले प्रदर्शन र जनसभामार्फत वैशाख १७ र २७ गते घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिने बताइएको छ । विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा जनसभामा हुने आयोजकले जनाएको छ ।

आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली लगाएत गृहमन्त्री रामबहादुर थापा, सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पछि दुई समूहमा विभाजन भएको नेकपाले आमसभा र विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस