आपराधिक संगठन भनेको ओली सरकारले नै विप्लवलाई वार्तामा बोलायो, बहुमत पुर्याउने दाउ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ९, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन ९, काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सहज वातावरण बनेमा सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताए । चन्दले हस्ताक्षर गरेका विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

सरकारले यस अघि नै विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइसकेको छ । सरकारले दुई वर्षअघि नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस