पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ फागुन ९, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुण ९, पाल्पा । जिल्लाको पूर्वखोला–४, देवीनगरमा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । शनिबार बेलुकी चार बजेतिर देवीनगरस्थित बलीपोखरा खानीमा बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एक जना बालिकासहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पूर्वखोला–४, देवीनगरकी १३ वर्षिया पवित्रा सारु र ३६ वर्षिया मायादेवीसिं सारु रहनुभएको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्को खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि स्थानीय मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस