प्रजनन् स्वास्थ्य शिक्षाका बारेमा सचेत हुँदै किशोर किशोरी

फागुण ९, काठमाण्डौ । कैलालीका अधिकांश क्षेत्रका किशोर–किशोरी यौनका विषयमा छलफल गर्न लजाउँदैनन् । नेपाल परिवार नियोजन सङ्घले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य क्लिनिकमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन् । उनीहरु यौन, प्रजनन् तथा स्वास्थ्य शिक्षा र परिवार नियोजनका बारेमा विस्तारै सचेत हुन थालेका पनि छन् ।

केही वर्ष अघिसम्म विद्यालयमा स्वास्थ्य शिक्षाअन्तर्गत प्रजनन् स्वास्थ्यको पाठ शुरु हुँदा कक्षामा एक जना छात्रा पनि बस्न लजाउँथे । शिक्षकले समेत त्यो पाठ नै पढाउन धक मान्थे। तर, अहिले विद्यार्थीहरु निर्धक्कसँग प्रजनन् स्वास्थ्यका बारेमा जानकारी राख्छन् । स्वास्थ्यकर्मी आफैं गएर विद्यालयमा प्रजनन् स्वास्थ्य पढाउन थालेपछि लाजले टाउको निहुराएर बस्ने विद्यार्थी समेत खुलेर प्रजनन् स्वास्थ्यका कुरा गर्न थालेको हुन् ।

सामुदायिक स्वास्थ्य क्लिनिकमा समेत किशोर–किशोरीलाई परामर्श दिन अलग्गै कोठाको व्यवस्था गरिएको छ । उनीहरु आफै आएर स्वास्थ्य समस्या र किशोरावस्थामा आउने परिवर्तनका बारेमा जानकारी लिन थालेका छन् । उनीहरुका लागि क्लिनिकले ।किशोर÷किशोरी कक्षा चलाउने गरेको छ । समाजमा कम उमेरमा विवाह गर्ने, कम जन्मान्तर, असुरक्षित यौन सम्पर्क राख्ने, लागुपदार्थ दुव्र्यसनलगायत समस्या कायम छन् । ती समस्या कम गर्न सामुदायिक क्लिनिकले किशोर–किशोरीलाई परामर्श दिन थालेकोे नेपाल परिवार नियोजन सङ्घ कैलालीका सुपरभाइजर पूर्णबहादुर शाहले बताए ।

संम्बन्धित समचार

Leave a Reply