इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ फागुन ९, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुण ९, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा भिरपुल एभर्टनसँग २–० गोल अन्तरले पराजित हुन पुग्यो । प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो खेलमा पराजय भोग्न बाध्य भयो । लिभरपुललाई पराजित गरेको एर्भटन भने अंक बराबरी गर्दै सातौं स्थानमा उक्लिएको छ ।

दुवै टिमको अंक ४० भए पनि लिभरपुल एक स्थान माथि रहेको छ । यसैगरी प्रिमियर लिग अन्तर्गत फुलह्यामले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । यी दुवै टिम रेलिगेशन जोनमा छन् । वर्नले र वेस्टव्रोम गोलरहित बराबरीमा रोकिँदा चेल्सी र साउथ ह्याम्पटन पनि एक एक गोलको बराबरीमा रोकिएका थिए ।
प्रिमियर लिगको शीर्ष स्थानमा ५६ अंक जोडेको म्यानचेस्टर सिटी रहेको छ भने दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड ४६ अंकसहित रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस