प्रभु बैंकको जुम्ला शाखा कार्यालय सञ्चालन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन १०, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १० काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जालविस्तार गर्ने क्रममा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६मा आफ्नो २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको जुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुखअतिथी चन्दननाथ नगरपालिका मेयर श्रीकान्तीका सेजुवालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देश भरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिबृद्धी भई स्थानीय स्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा जुम्ला शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस