सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयरमा कति कित्ता लगानी गर्ने ?

फागुण १०, काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयरको रेटिङ सम्पन्न गरेको छ । यस कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा राम्रो रहेको संकेत गर्दछ ।

यस अघि नै कम्पनीको शेयर निष्कासनमा बुक विल्डिङ्ग प्रणाली लागू गर्ने निर्णय भए संगै सर्बोत्तम सिमेन्टको काठमाण्डौमा सम्पन्न भएको दोस्रो वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन साधारण शेयर बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । यस कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताले बुक विल्डिङ्ग विधिबाट साधारण शेयर खरीद गर्नु पर्नेछ । शेयरमा खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने न्यूनतम बाँडफाँड हुने कित्ता पनि ५० नै हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply