सग्लो एमालेको हत्या ओलीलाई प्रधानमन्त्री बनाउन ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ११, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुण ११, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा मा पछिल्लो समय पुर्व एमालेका बहुसंख्यक नेताहरु कहाँ छन ? भन्ने चासो बढेको छ । पुर्व एमालेका पुराना र पार्टी स्थापना गर्न निरन्तर सक्रिय बरिष्ठ नेताहरु, दोस्रो पुस्ताका नेताहरु र युवा नेताहरु माधव नेपाल पक्षमा भएपछि केपी ओलीको तनावको पारो झन बढेको देखिन्छ । विगतमा राजा शासनमा राजासंग संघर्ष गर्दै, कम्युनिष्ट पार्टीलाई जिवन्त राख्दै कांग्रेस जस्तो शक्ति सम्पन्न पार्टीसंग निरन्तर पौँठेजोरी खेल्दै,१० बर्षे जनयुद्धमा माओवादीसंग लड्दै र २०६२÷६३ को जनआन्दोलनको नेतृत्व गरेका माधव नेपाल,झलनाथ खनाल अहिले पार्टी विभाजनको बेलामा पनि संगै छन् ।

खासगरी मदन भण्डारीको हत्यापछि नेपाली कम्युनिष्ट आन्दोलन धरमराएको अवस्थामा माधव नेपालले एमालेलाई नेपाली राजनितिको केन्द्र भागमा ल्याए । उनकै मध्यस्तताका कारण कांग्रेस गणतन्त्रमा आउन राजी भयो भने तत्कालिन माओवादी सशस्त्र संघर्ष छोडेर शान्तिपुर्ण राजनितिमा आयो । आज नेकपा भित्र पनि अझै पुर्व एमालेमा केही ढुलमुल देखिन्छ । केही नेताहरु ओलीले एमालेको प्रतिनिधित्व गर्ने भन्दै लागेका छन् । तर वास्तविकता फरक छ । पुर्व एमालेका अधिकांश नेताहरु माधव नेपालसंगै रहेका छन् । माधव नेपालले प्रचण्डलाई पार्टी एकता गराएका होइनन् । ओलीलाई खासमा आम कार्यकर्ताको एउटै प्रश्न छ सग्लो एमाले,शक्तिशाली एमालेलाई पुर्व माओवादीमा मिलाएर आफैँ सर्वेसर्वा किन बने ? आफ्ना नै टाढा बनाएर हिजो प्रचण्ड,आज बादल किन नजिक हुँदैछन् ? यसमा ओलीको प्रयोग गर,शक्ति हत्याउ भन्ने सिदान्त लागु हुन्छ । खासमा एमाले भत्काउने, एमालेको अस्तित्व सिध्याएको आरोप ओलीलाई छ ।

माधव नेपाल र झलनाथ खनालसंग रहेको स्थायी कमिटी संख्या

१.माधवकुमार पुर्ब प्रधानमन्त्री हाल नेकपा अध्यक्ष

२.झलनाथ खनाल पुर्व अध्यक्ष वरिष्ठ नेता पुर्बप्रधानमन्त्री ३.अष्टालक्ष्मी शाक्य उपाध्यक्ष

४.भिम रावल उपाध्यक्ष

५.युवराज ज्ञावली उपाध्यक्ष

६.घनश्याम भुषाल उप महासचिव

७.गोकर्ण विष्ट सचिव

८.योगेश भट्टराई सचिव

९.भिम आचार्य सचिव

१०.सुरेन्द्र पाण्डे स्थयी कमिटी सदस्य

११.मुकुन्द न्यौपाने स्थायी कमिटी सदस्य

१२.रघुजी पन्त स्थायी कमिटी सदस्य

१३.बेदुराम भुषाल स्थायी कमिटी सदस्य

१४.अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य केपी ओली संग रहेको स्थायी कमिटी संख्या

१.केपी ओली अध्यक्ष

२.इश्वर पोखरेल महासचिव

३.प्रदिप ज्ञवली सचिव

४.पृथ्वी सुब्बा गुरुङ सचिव

५.शंकर पोखरेल स्थायी कमिटी सदस्य

६.विष्णु पौडेल उपमहासचिव र स्थायी कमिटी सदस्य

७.सत्यनारायण यादव, स्थायी कमिटी सदस्य

८.सुवास नेम्वाङ

९.विष्णु रिमाल

कमरेड बामदेब गौतम (उपाध्यक्ष) हाल राष्ट्रिय एकता अभियानको संयोजक रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस