बिग बोसको १४ औं सिजनको विजेता बनिन् रुबिना दिलाइक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ फागुन ११, मंगलबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाण्डाै । भारतीय कलाकार रुबिना दिलाइक रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता बनेकी छिन् ।

बिजेता बनेसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा सक्रिय थिइन् ।

बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् । यसअघि इण्डियन आइडलको पहिलो सिजनमा पनि उनी फर्स्ट रनर अप बनेका थिए ।

‘रियालिटी शो’का होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताएका थिए । प्रतियोगीलाई निर्णय गर्न ३० सेकेण्डको समय दिइएको थियो ।

सलमान खानले दिएको यो विकल्प राखी सावन्तले रोजेकी थिइन् । सलमान खानले आउँदो आठ महिनाभित्र बिग बोसको अर्को सिजन लिएर आउने बताएका छन् । बिग बोस, भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो हो । यसका प्रस्तोता बलिउडका सुपरस्टार सलमान खान हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस