‘अमरसिंह चोकमा हुने गण्डकी भेला ऐतिहासिक हुन्छ’ : नेता बास्तोला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ११, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ११,पोखरा । नेपाल कम्युनिष्ट पार्टी (ओली समुह) का केन्द्रिय सदस्य तथा नेता माधव बास्तोलाले गण्डकी प्रदेशमा हुन गइरहेको भेला ऐतिहासिक हुने बताएका छन् । उनले संसद विघटन सही भएको बताउदै पछिल्लो समय यसको पक्षमा जनताको साथ बढिरहेको बताए । उनले आगामी शनिबार फागुन १५ गते ओली समुहले पोखरामा शक्ति प्रदर्शन गर्दैछ । आगामी भेलाको लागी ओली समुहले घरदैलो कार्यक्रम समेत गरिरहेको उनले बताए ।

करिव १ लाख २० हजार नागरिक उतार्ने उनले दावी गरे । पार्टी यतिबेला पुरै तयारीमा लागेको उनको भनाई छ । नेताहरुलाई वडा तहसम्म परिचालन गरिएको उनले बताए । पार्टीका केन्द्रिय सदस्यहरु महानगर,नगर र गाँउपालिकामा खटाइएको बताए । उनले पोखराको अमरसिंह चोकमा नागरिकलाई आउयन अपिल गरिएको बताए । उनले संसद विघटनपछि जनताले कसरी मुल्याङ्कन गरिरहेका छन् भन्ने अध्ययन ओली समुहले गरिरहेको बताए ।

अमरसिंहको भेलालाई प्रधानमन्त्री ओली,गृहमन्त्री राम बहादुर थापा बादल सहितका नेताले सम्बोधन गर्नेछन् । उनले जनतालाई संसद विघटन गर्नु परेको कारण बताउदै प्रष्ट पार्न सक्रिय रहेको बताए । नेता बास्तोलाले संसद विघटन बाध्यताको उपज भएको बताए । उनले संसद पुनस्थापना भए उनले नेकपाको भविष्य अन्यौल हुने बताउदै माधव–प्रचण्डको सक्रियता बाम अवसरवादको रुपमा लिएको जिकिर गरे । उनले चुनाव नहुने अवस्था भयो र संसद पुनस्थापना भयो भने केपी ओलीको पार्टी अझै व्यवस्थित र शक्तिशाली हुने दावी गरे । उनले माधव –प्रचण्डको समुहमा लागेका नेता,कार्यकर्ता फर्किने लहर सुरु भइसकेको बताए । प्रचण्डसंग माधव नेपालको समुह लामो समय नटिक्ने उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस