EXCLUSIVE : सर्वोच्चद्वारा प्रतिनिधि सभा पुनर्स्थापना, १३ दिनभित्र संसद् बोलाउन आदेश !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ११, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुण ११, काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । झण्डै २ महिना लामो सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गरेको हो ।

संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । साथै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने फैसला पनि गरेको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस