प्रचण्ड र माधवले चितवनको सभालाई सम्बोधन नगरी फर्किए काठमाडौं

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ फागुन १२, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन १२ चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् ।

बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि उनीहरुले विरोध सभालाई विजयसभा बनाउने बताएका थिए ।

काठमाडौं पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले प्रचण्ड र नेपाल चितवनको सभालाई सम्वोधन नगरी काठमाडौं फर्किएको नेकपा चितवनले जनाएको छ । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस