महिला लघुवित्तको आइपीओ भोली कति बजे हुँदैछ बाँडफाँट ? तपाईको भागमा कति ?

फागुण १३, काठमाडौ । महिला लघुवित्तको आइपीओ शुक्रबार भोली बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालय हात्तिसार काठमाडौंमा बिहान ८ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ ।

यता, महिलाको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

संम्बन्धित समचार

Leave a Reply