ठगी गरेको अभियोगमा ३ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ फागुन १३, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १३ काठमाडौं । उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्योग भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ याङरिमा हिलसिटीबाट नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

 

ताजा अपडेट

२ मिनेट अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस