सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १४, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण १४, काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपामा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका दाहाल–नेपालले बिहीबार जनतासमाजवादी पार्टी जसपाका नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरेका छन् ।

नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग दाहाल नेपालले करिब १ घण्टा सरकार निर्माणबारे छलफल गरेका थिए । छलफलमा दाहाल–नेपालले सरकार निर्माणमा सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । सो छलफलमा जसपाका नेताहरूले दाहाल–नेपाललाई तपाईंहरूको पार्टी कुन हो भन्दै व्यंग्यसमेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस