बृहत् सोनाम लोछार कार्यक्रम धादिङको महादेवबेशीमा हुँदै, को-को आउँदैछन् कलाकारहरु ?

Post Thumbnail

फागुण १४, महादेवबेशी । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेशीमा बृहत् सोनाम लोछार कार्यक्रम हुने भएको छ । नेपाल तामाङ घेदुङ थाक्रेको आयोजनामा २८५७औँ लाङ्ल्होको पावन अबसरमा बृहत् सोनाम लोछार कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमका मुख्य आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागीता रहने रहने छ । कार्यक्रममा चर्चित गायक तथा संगितकार प्रकाश तामाङ,गायिका शशीकला मोक्तान, गायक तथा संगितकार उत्सव सुब्बा लामा, पप गायक सविन लामा, गायिका रजनी लामा,गायिका मुना लामाको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा हाँस्यकला तर्फ सञ्चारकर्मी तथा हाँस्यकलाकार एम.जि. तामाङको बेजोड प्रस्तुती रहनेछ । कार्यक्रम यहि फागुण २२ गते शनिबारका दिन जनजागृति माध्यमिक बिद्यालयको प्राङ्गडमा बिहान १० बजेबाट सुरु हुने नेपाल तामाङ घेदुङ थाक्रेका अध्यक्ष कर्म लामाले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन अन्जु तामाङले गर्ने कार्यक्रम रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस