आर्थिक वर्षको दोस्रो महिनामा नै ४५ प्रतिशतले बढ्यो व्यापारघाटा !

असोज १३,काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो महिनामा नै व्यापारघाटा सवा २ खर्ब भन्दा बढी पुगेको छ । भदौ महिनासम्म वैदेशिक व्यापारघाटा २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख ९२ हजार रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ७४ प्रतिशतले व्यापारघाटा वृद्धि भएको हो । गत आर्थिक वर्षको भदौ महिनासम्म व्यापारघाटा १ खर्ब ४९ अर्ब ३४ करोड २९ लाख ६ हजार रुपैयाँ थियो ।

आयातसँगै निर्यात पनि बढ्यो

भदौ महिनामा विभिन्न देशहरुबाट २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजार रुपैयाँको वस्तु तथा सामान आयात भएको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा ४२ दशमलव ५९ प्रतिशतले आयातमा वृद्धि भएको हो । आर्थिक वर्ष २०७४र७५ मा १ खर्ब ६२ अर्ब ९४ करोड ९१ लाख ४४ हजार रुपैयाँको सामग्रीहरु विभिन्न देशहरुबाट नेपाल भित्रिएको थियो ।

आयातसँगै निर्यातमा समेत यस अवधिमा झिनो सुधार देखिएको छ । अघिल्लो वर्ष नेपालबाट विभिन्न देशहरुमा १३ अर्ब ६० करोड ६२ लाख ३८ हजार रुपैयाँको सामान निर्यात भएकोमा यस वर्ष ८ दशमलव ०३ प्रतिशतले बढेर १४ अर्ब ६९ करोड ९० लाख २० हजार रुपैयाँको सामग्रीहरु निर्यात भएको छ ।

संम्बन्धित समचार

Leave a Comment