‘९५ प्रतिशतभन्दा बढी घटनाका बलात्कारीहरु पक्राउ परिसके’ : गृहमन्त्री थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १४, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १४,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले बलात्कारी र हत्यारालाई कानुनी कारबाही गरिने बताएका छन ।

उहाँले ९५ प्रतिशतभन्दा बढी घटनाका बलात्कारीहरुलाई सरकारले गिरफ्तार गरी कानुनको कठघारामा उभ्याइसकेको र अन्य बाँकी आपराधिक क्रियाकलाप गर्नेलाई कानुनको कठघरामा ल्याउने बताएका हुन ।

विश्व मुटु दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको आयोजना र सशस्त्र प्रहरी परिवार महिला एवं नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको सह–आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालित निशुःल्क बृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै मन्त्री थापाले सबै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गरिने बताएका हुन ।

महिलाहरुको सुरक्षामा महिलाहरु नै उठ्नु पर्ने भन्दै उहाँले त्यसका लागि सरकारले सधैँ साथ दिने बताए । यस्ता प्रकारका आवाजहरु सडक, सदन र सरकारमा पनि उठ्नु पर्ने आवश्यक रहेको भन्दै मन्त्री थापाले नागरिक र सरकार मिलेर मात्र बलात्कारी र अपराधीहरुलाई ठिक पार्न सकिने तर्क गरे ।

‘देशमा सुशासन हुनुपर्छ, योभन्दा अगाडि सुशासन भएन, यहाँ भन्दा अघिका शासकहरुले कुशासन गरे’, उनले भने, ‘जसका कारण देशमा समृद्धि र विकास भएन, देश समृद्ध नहुँदा नेपाली पीडित भए ।’

मन्त्री थापाले वर्तमान सरकारसँग नेपालीहरुले धेरै कुराको आश र भरोसा गरेको तर यो सरकारलाई घेरा हाल्ने प्रयत्न भइरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस