पाँच वर्षे आवधिक योजना साझा सहमतिमै कार्यान्वयन गरिन्छ : मुख्यमन्त्री पौडेल

Post Thumbnail

असोज १४,हेटौडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिको आधारमा गुरुयोजना तयार गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताएका छन ।

उक्त प्रदेशको नीति तथा योजना आयोगद्वारा आज हेटौँडामा आयोजित ‘आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमा कार्याशाला गोष्ठी’ शुभारम्भ गर्दै उनले विगतको समयमा राष्ट्रिय योजना आयोगबाट निर्देशित योजनालाई अब सुधार गरी प्रदेशस्तरबाटै जनभावना अनुरुपको भूगोल, व्यवहारिक, दिगो र सन्तुलित विकास योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वय गरिने जानकारी दिए ।

उनले आवधिक योजनालाई जनप्रतिनिधिको सुझावअनुरुप छनोट गरी जनताको घरदैलोमा पु¥याउन व्यावहारिक दक्ष जनशक्ति उपलब्ध गराउँदै अब प्रदेश सरकारले वृहत् योजनालाई बैँकिङ स्वरूप दिने र आवश्यकताअनुसार कार्यान्वयन गर्दै लैजाने सुझाव दिए ।

प्रदेशस्तरीय नीति योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले अब वैज्ञानिक सोच र चिन्तनद्वारा आवधिक योजनालाई समीक्षा गरी तत्काल दिगो व्यवस्थापन गर्न सकिने राष्ट्रिय गौरवको आयोजनालाई सन्तुलित ढङ्गबाट परिचालन गर्नका लागि आवश्यक नीति योजना र अनुगमन गर्न प्रदेश सरकारले निरन्तरता दिनुपर्ने सुझाव दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस