तपाईको आजको दिन कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ फागुन १७, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुँदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीले हरेक पाइलामा समर्थन पाइने  योग रहेको छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलाई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धनसम्पत्ति हातलागी हुने योग रहेको छ । पदीय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) राजनीति तथा समाज सेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपानाउनु होला । आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ, ध्यान दिनुहोला ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) माया प्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दा हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) लामो सङ्घर्षपछि मात्र उपलब्धि हात लाग्ने समय रहेकाले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिए मात्र आम्दानी बढाउन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा नजिक भए पनि आत्मियताको कमी महसुस हुनेछ । आफन्त तथा अग्रजहरुसँग मनमुटाव बढ्ने तथा साथीभाइले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामबीचमा छोड्नुपर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटा साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेले मनग्य धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । विद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत् मनग्य धन आर्जन गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) गीतससङ्गीतमा विषेश रुचि बढ्नेछ भने विद्यामा तपाईँ अब्बल सावित हुनुहुनेछ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पतिपत्नीबीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्त्वपूर्ण व्याक्तिसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपाईंको काममा आफन्त तथा शुभचिन्तकको सहयोग रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दागर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विशेषगरी चेली माइतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाइलेखाइमा समय दिन नसक्दा गृहकार्यह थाँती रहनेछ । माया–प्रेममा धोका हुनेछ भने पतिपत्नी बीच मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) व्यापारमा लगानी गरी मनग्य धन तथा सम्पत्ति आर्जन गर्न सकिने समय रहेको छ । साझेदारहरुबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्नेछ । पढाइलेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजन खुशी हुनेछन्  । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवनसाथीको साथ रहने हुनाले काम गर्न ऊर्जा थपिनेछ । भौतिक तथा विलाशी वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस