नेपालमा थप ७३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु !

Post Thumbnail

फागुण १७, काठमाण्डौ । नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७३ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २१६ पुगेको छ । यो मध्ये ९६८ सकृय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा ६४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४७१ पुगेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७७ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस