नेपालको पूरानो  बियर ‘आइसबर्ग’ पुनः नयाँ ढंगबाट बजारमा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ फागुन १८, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण १८, काठमाण्डौ । नेपालको पूरानो  बियर ‘आइसबर्ग’ सोमबार बाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ । अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।  हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ ।

विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो । यसको ६५० एम.एल.को बोतलको मूल्य २८५ रुपियाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ ।  यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिनेमा कम्पनीको विश्वास छ । आइसबर्गको लामो र गौरवमय इतिहासलाई कायम राख्दै पुनः बजारमा नविन ढंगबाट ल्याइएको कम्पनीले जनाएको छ।

तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरुले नयाँ स्वादका साथ सेवन गर्नसक्नेछन् । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस