आज बिहीवार देशभरका अदालत बन्द रहने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २०, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुण २०, काठमाडौ । आज बिहीवार देशभरका अदालत बन्द रहने भएका छन् । सर्वोच्च अदालतको बुधवार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीवार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको हो । पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस