असोज १५,काठमाडौँ । राजु गिरी निर्देशित चलचित्र ‘निर्जला’ को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सबैकी प्यारी‘’ बोलको गीतमार्फत् अभिनेत्री शुभेच्छा थापा आफ्नो बारे अरुले गरेको तारिफ सुनाउँदैछिन् । गितमा सबैको प्यारो हुनुको अर्थ बताइएको छ ।
गीतमा अहिलेकी चर्चित गायिका मेलिना राईले स्वर भरेकी छन् । बाबुल गिरीको संगीत रहेको गीतमा राम रुवालीको शब्द छ । यस फिल्ममा शुभेच्छा संगै किशोर खतिवडा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल लगायतको अभिनय छ ।
असोज १९ गते आउने फिल्मले वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्यसभित्र रहने त्रिकोणात्मक प्रेमको सन्दर्भलाई सिंगारेर बनाइएको निर्देशक गिरीले बताएका छन । फिल्ममा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । चलचित्र निर्मिता प्रकाशचन्द्र न्यौपाने रहेका छन ।