‘देशको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्न सक्रिय भएर लाग्छौँ’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २१, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ देशको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताएका छन् । झापा आन्दोलनको ४८ वर्ष पूरा भएको अवसरमा झापा आन्दोलनमा शहीदहरुको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

त्यस्तै सरकारले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउन र स्थिरता कायम गर्ने लक्ष्यसहित अविचलित रुपमा काम गरिरहेको बताए । आफूले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा को सरकारले शहीदहरुको सपना साकार पार्दै देशलाई समृद्ध र जनतालाई सुखी बनाउँने काम गरिरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस