आज ११औँ गणतन्त्र दिवस : धुमधामका साथ मनाईदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १५, मंगलबार (६ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । नेपाली जनताको त्याग र बलिदान तथा संघर्षबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र ११ औँ वर्षमा प्रवेश गरेको छ । त्यही अवसरमा आज विभिन्न कार्यक्रम गरी ११औँ गणतन्त्र दिवस मनाईँदै छ ।

गणतन्त्र घोषणापछि जारी संविधान अनुसार मुलुक नयाँ राज्य संरचनामा गएको छ । अहिले स्थानीय तह, प्रदेश र संघ गरेर तीन तहको राज्य संरचना छ । जनताको प्रतिनिधिमूलक संस्था संविधान सभाले २०६५ जेठ १५ गते २ सय ४० वर्ष पूरानो राजतन्त्र सँधैका लागि बिदा गर्दै गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान होस् भनि शुभकामना दिएकी छिन ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताएकी छिन ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेताले गणतन्त्र दिवसको शुभकामना दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस